एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीबाट हालसम्म विश्वभर करिब १५ मिलियन अर्थात् एक करोड ५० लाख जनाको मृत्यु भएको अनुमान गरेको छ ।
उक्त तथ्यांक दुई वर्षमा कोरोनाले मृत्यु भएकाको तुलनामा १३ प्रतिशतभन्दा बढी हो । कतिपय देशमा कोरोनाबाट मृत्यु हुनेको संख्याभन्दा निकै कम गणना भएको हुनसक्ने संगठनले जनाएको छ । अहिलेसम्म दुई वर्षमा कोरोनाले मृत्यु हुनेको संख्या ५४ लाख जना मात्र रहेको आधिकारिक तथ्यांक छ ।
यसैबीच, कोरोनाका कारण भारतमा मौ ४७ लाख जनाको मृत्यु भएको हुनसक्ने डब्लूएचओले जनाएको छ । यो आधिकारिक तथ्यांकभन्दा १० गुणा बढी हो । विश्व स्वास्थ्य संगठनको अनुमानलाई लिएर भारत सरकारले भने चिन्ता व्यक्त गरेको छ ।
भारतमा आधिकारिक तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार नौ सय ७५ छ । अहिले भारतमा दैनिक झन्डै तीन हजार कोरोनाका नयाँ संक्रमित थपिने गरेका छन् ।
भारतसँगै रुस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरुमा पनि कोरोनाले मृत्यु हुनेको संख्या अनुमान गरिएको भन्दा झन्डै तीन गुणा बढी रहेको बीबीसीमा उल्लेख छ ।