Logo
Logo

गृह मन्त्रालयबाट एक अर्ब ८ करोड रकम आएको भन्दै ठगी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ असार ।
गृह मन्त्रालयबाट एक अर्ब ८ करोड रुपैयाँ क्षतीपुर्ती प्राप्त भएको बहानामा ठगी गर्ने दम्पती पक्राउ परेका छन् । काभ्रेकी लक्ष्मी अधिकारी तथा उनका श्रीमान राजन कुमार गाग्लेलाई पक्राउ गरेको हो ।


लक्ष्मीले आफ्नो बुबाको बहराइनमा मृत्यु भएको र त्यसवापत ९५ करोड रुपैयाँ क्षतीपुर्ती पाएको र बाबुले जग्गा बेचेको समेत गरी एक अर्ब ८ करोड रकम प्राप्त भएको गृह मन्त्रालयको नक्कली पत्र देखाउर ठगी गरेका हुन् । गृह मन्त्रालयका सचिव प्रेम कुमार राई र प्रवक्ता रामकृष्ण सुवेदीको नाममा नक्कली पत्र बनाई आफूहरुको शक्ति देखाएकी थिइन् । त्यही आधारमा अमेरिका पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरबेटी दामोदर गौतम लगायतलाई ठगी गरेको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्