Logo
Logo

रुसले युक्रेनको विद्यालयमा आक्रमण गर्दा ६० जनाको मृत्यु


378
Shares

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमण कारण पछिल्लो पटक झन्डै ६० जनाको मृत्यु भएको बताएका छन् ।

उनका अनुसार रुसले पूर्वी युक्रेनस्थित एक विद्यालयमा आक्रमण गर्दा झन्डै ६० जनाको मृत्यु भएको हो । रुसले विमानमाबाट बम खसालेको युक्रेनले दाबी पनि उक्त घटनाबारे रुसले भने कुनै प्रतिक्रिया दिएको छैन ।

रुसले सेल्टरको रुपमा प्रयोग गरिएको विद्यालयमा बम खसालेको युक्रेनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बम खसालिएको विद्यालयमा त्यहाँका नागरिक आश्रय लिएर बसेका थिए ।

यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू स्तब्ध रहेको बताएका छन् । उनले नागरिकलाई निराश बनाउनु गलत भएको भन्दै घटनाको भत्र्सना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्