Logo
Logo

एसईईको पूरक परीक्षा २६ र २७ साउनमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ असार । माध्यमिक शिक्षा परीक्षा ९एसईई०को पूरक परीक्षा आउँदो २६ र २७ साउनमा सञ्चालन हुने भएको छ । बोर्डले बुधबार सूचना प्रकाशित गरी दुईदिने परीक्षा तालिका सार्वजनिक गरेको हो ।
उक्त मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । दुई विषयमा अनुपस्थित विद्यार्थीले समेत परीक्षामा सहभागी हुन सक्ने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार, साउन २६ गते १ विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ । परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ ।
गत चैतमा सञ्चालित एसईई परीक्षाको परीक्षाफल असार १२ गते सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्