एजेन्सी । इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप हुँदा कम्तीमा ४३ जना कैदीबन्दीको मृत्यु भएको छ ।
बीबीसीका अनुसार झडपका बेला फरार भएकामध्ये एक सय १२ जना पुनः पक्राउ परेका छन् । अझै पनि एक सय ८ जना कैदीबन्दी फरार छन् ।
राजधानी क्वेटोदेखि ८० किलोमिटर पूर्वमा रहेको सान्टो डोमिङ्गो कारागारमा दुई समूहबीच झडप हुँदा केही घाइते भएका छन् । घाइते हुनेहरुको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।
घटनाप्रति इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले दुःख व्यक्त गरी शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । मृत्यु भएकाका परिवार र आफन्तले जेल घेराउ गरी नाराबाजी गरेका छन् ।
इक्वेडरमा यसअघि पनि गएको फेब्रुअरीमा कारागारमा भएको झडपमा परि ४ सयभन्दा धेरै कैदीको मृत्यु भएको थियो ।