Logo
Logo

सुनसरीका सात पालिकामा निषेधाज्ञा


2.6k
Shares

धरान । सुनसरीका सातवटा पालिकामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार साँझ ८ बजेदेखि मतदान हुने दिन शुक्रबार बिहान ५ बजेसम्म निषेधाज्ञा लगाएको हो ।

जिल्ला प्रशासनको अनुसार भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका सवै क्षेत्रमा निषेध आदेश जारी गरिएको छ ।

त्यस्तै इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको वडा नम्बर १, ८ र ९ र इनरुवा नगरपालिका वडा नं. ३, ९ र १० मा समेत निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको उक्त आदेशमा सुरक्षा निकायसँग समन्वय गरेर बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन भनिएको छ ।

आदेशविपरीत घरबाहिर हिँडडुल गएको पाइएमा वा अटेर गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षामा खलल पर्नसक्ने भन्दै प्रशासनले सजगताका लागि यस्तो आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्