Logo
Logo

नक्कली लाइसेन्स बनाउने तीन जना चाबहिलबाट पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ असार

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने विभिन्न सामानसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने३८ वर्षीय राधेश्याम नगरकोटी, काठमाडौं चावहिल बस्ने सिन्धुपाल्चोक सानोसिरुवारी घर भएका ३८ वर्षीय राजेश कुमार श्रेष्ठ र काठमाडौं कलंकी बस्ने रामेछाप,रामेछाप नगरपालिका ५घरभएका ४० वर्षीय मुनाल कुमार मोक्तान रहेका छन् ।


नक्कली सवारीचालक अनुमतिपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली सवारीचालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर र चालकअनुमतिपत्र बनाउन प्रयोग हुन ेपेपर र यातायात व्यवस्था विभागको नगदी रसिदसहित फेला पारी उनीहरुलाई पक्राउ गरेकोहो ।

प्रतिक्रिया दिनुहोस्