Logo
Logo

बनेपामा पछि परे एमालेका उम्मेदवार, कांग्रेसले लियो अग्रता


5.5k
Shares


काठमाडौं । बनेपा नगरपालिकाको मतगणनामा सुरुवाती अग्रता लिएको नेकपा एमाले पछि परेको छ । नेपाली कांग्रेसका उम्मेदवारले पछिल्लो अग्रता लिएका छन् ।


कांग्रेसका शान्तिरत्न शाक्यले दुई हजार एक सय ७२ मत ल्याउँदा एमालेका रत्नकुश रंजितकारको २ हजार ५५ मत रहेको छ ।


उपप्रमुखमा भने एमालेको अग्रता छ । एमालेकी विमला सापकोटा दाहालले दुई हजार एक सय ४० मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रघुबर चौ प्रधानको एक हजार चार सय २ मत मात्र रहेको छ । काभ्रेको धुलिखेल नगरपालिका र रोशीमा भने एमालेको अग्रता छ । नमोबुद्ध, पनौती, बेथानचोक र तेमालमा कांग्रेसको अग्रता छ । त्यस्तै भुम्लु, महाभारत र खानीखोलमा माओवादी केन्द्र तथा मण्डन देउपुरमा एकीकृत समाजवादीका उम्मेदवारले मेयरमा अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्