काठमाडौैं । चितवनको माडी नगरपालिकामा एमाले–राप्रपा गठबन्धनले ठूलो मतान्तरले अग्रता लिएको छ ।
एमाले उम्मेदवार ताराकुमारी काजी महतोको ३७५७ मत आउँदा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मेयर उम्मेदवार ऋषि काफ्लेले २५७० मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा बाम लोकतान्त्रिक गठबन्धनका खेम महतोले २१२४, राप्रपा एमाले गठबन्धनका मदन पौडेललले १७०३ र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १६५७ मत पाएका छन् ।
माडी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ ।