Logo
Logo

सूर्यविनायकमा एमाले पछि पर्याे, चाँगुनारायण र मध्यपुरमा पनि कांग्रेसको अग्रता


3.6k
Shares


काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले र कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएको छ ।


कांग्रेसका निशान ढुंगेलले १८१५ मत ल्याउँदा एमालेका बासुदेव थापाको १६८१ मत रहेको छ ।
उपमेयरमा भने एमालेको अग्रता छ । एमालेकी सरिता भट्टराई(तिमल्सिना)ले १६८० मत ल्याउँदा समजवादीका श्याम बस्नेतले ९१९ मत ल्याएका छन् ।


चाँगुनारायणमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसका जीवन खत्रीले २०११ मत ल्याउँदा एमालेका विना बाँस्तोलाको १८९१ मत छ ।


मध्यपुर थिमी नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठको २७९९ मत ल्याउँदा एमालेका मदन सुन्दर श्रेष्ठको २११३ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्