धादिङ । धादिङको धुनीबेंसी नगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीका उम्मेदवार वालकृष्ण आचार्य अग्रता बढाएकाछन्। आचार्यले १९ सय ९० मत ल्याउँदा निकतम प्रतिस्पर्धी नेकपा एमालेका रामराजा पाण्डेले १२ सय १३ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेतीले ६७२ मत ल्याउँदा एमालेकी मन्दिरा श्रेष्ठले ५२९ मत मात्रै ल्याएकी छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका आचार्य यसअघि पनि एमालेबाट निर्वाचित भएका थिए ।