काठमाडौं । काभ्रेका १३ स्थानीय तहमध्ये चार वटा गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)ले अग्रता कायम गरेको छ छ । भुम्लु, चौरी देउराली महाभारत र खानीखोलाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बढाइरहेका छन् ।
भुम्लु गाउँपालिकामा माओवादी केन्द्रका प्रेमबहादुर भुजेलले ३७२८ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका प्रेमकुमार लामाको २८७२ मत रहेको छ ।
खानीखोला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर थिङले २२९३ मत ल्याउँदा एमालेका शेखर लामाको १५९६ मत रहेको छ ।
त्यस्तै, महाभारत गाउँपालिकामा माओवादी केन्द्रका कान्छालाल जिम्वाको १७३९ मत हुँदा प्रतिस्पर्धी एमालेका पूर्णबहादुर वाइबाको १००७ मत रहेको छ ।
चौरी देउरालीमा माओवादी केन्द्रकी रेणुका चौलागाईको १७२४ मत पाउँदा एमालेका जितराम लामाको १५२१ मत रहेको छ । माओवादीले अग्रता कायम गरेका यी चारै वटा स्थानीय तहमा गठबन्धन रहेको छ ।