Logo
Logo

शंखरापुरमा १ मतले समाजवादीका उम्मेदवारको अग्रता


3.2k
Shares


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा नेकपा(एकीकृत समाजवादी) र राप्रपाबीच रोचक प्रतिस्पर्धा देखिएको छ । पाँच वटा वडाको मतगणना सकिदा समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठले एक मतले अग्रता लिएका छन् ।


श्रेष्ठले २८२२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी राप्रपाका रमेश नापितको २८२१ छ । तेश्रो स्थानमा रहेको एमालेले २५ सय ८३ मत पाएको छ भने चौथो स्थानमा रहेको माओवादी केन्द्रले १९ सय १६ मत पाएको छ ।


वडा नम्बर १, २, ३, ८, ९ को मतगणना सम्पन्न भइसकेको छ भने हाल वडा नम्बर ७ र ४ को मतगणना जारी छ । राप्रपाको प्रभाव क्षेत्र रहेको वडा नम्बर ६ को मतगणना हुन बाँकी रहेको छ भने एमालेको प्रभाव क्षेत्र रहेको वडा नम्बर ५ को मतगणना हुन पनि बाँकी रहेको छ । यस पालिकामा समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन छ ।

प्रतिक्रिया दिनुहोस्