Logo
Logo

काभ्रेका तीन स्थानीय तहमा एमालेको अग्रता


5k
Shares


काठमाडौं । गठबन्धनका बाबजुट काभ्रेका तीन स्थानीय तहमा नेकपा(एमाले)ले अग्रता कायम गरेको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल, पनौती र तेमालमा एमालेको अग्रता छ ।


धुलिखेलमा एमालेका अशोककुमार ब्याञ्जु श्रेष्ठ ५७४८ मतसहित पहिलो स्थानमा, कांग्रेसका बागी विदुर बस्नेत ३७०७ सहित दोस्रो स्थानमा र गठबन्धनका तर्फबाट समाजवादीका दयासागर श्रेष्ठ १७३१ सहित तेस्रो स्थानमा छन् ।
पनौतीका एमालेका भीम न्यौपाने ६५१३ सहित पहिलो स्थानमा र कांग्रेसका रामशरण भण्डारी ६३१९ सहित दोस्रो स्थानमा छन् । यहाँ एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा छ ।


त्यस्तै, तेमाल गाउँपालिकामा २५८८ मतसहित एमालेका इन्द्रबहादुर तामाङ पहिलो स्थानमा हुँदा कांग्रेसका चन्द्रबहादुर तामाङ १७९८सहित दोस्रो स्थानमा छन् ।


यअसघि एमालेले जितेको भुम्लुमा गठबन्धनले जितेको छ । नमोबुद्धमा पनि गठबन्धन जिततर्फ अघि बढेको छ भने बनेपामा पनि कांग्रेसका उम्मेदवारले अग्रता बढाएका छन् । विगतमा एमालेकै मेयर रहेको मण्डन देउपुरमा समाजवादीका उम्मेदवारको अग्रता छ । पाँचखालको एक मतदानस्थलमा मंगलबार मतदान भएकाले मतगणना सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्