Logo
Logo

राजेन्द्र लिङ्देनले निर्वाचन क्षेत्रको पालिका गुमाए, नेपाली कांग्रेस विजयी


5.6k
Shares

निर्वाचित अध्यक्ष र उपाध्यक्ष

झापा । स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै निर्वाचन क्षेत्रको पालिका गुमाएका छन् ।

झापाको कचनकवल गाउँपालिका लिङ्देनको गृहपालिका हो । जहाँ नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी विजयी भएका छन् ।

राजवंशी ११ हजार ४५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निटतम प्रतिस्पर्धी राप्रपाका अन्जार आलम ६ हजार ६६७ मत प्राप्त गर्दै पराजित भए ।

कनकवलमा उपाध्यक्ष भने नेकपा एमालेले जितेको छ । नेकपा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतसहित उपाध्यक्ष निर्वाचित भए । उपनका प्रतिस्पर्धी राप्रपाका निमसरी राजवंशी ६ हजार ८०२ मत प्राप्त गर्दै पराजित भए ।

कचनकवलमा कांग्रेस र एमालेबीच तालमेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्