Logo
Logo

सप्तरीको हनुमाननगरमा सीके राउत नेतृत्वको पार्टी विजयी


504
Shares

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको पार्टी विजयी भएको छ । जनता समाजवादी पार्टीलाई पराजित गर्दै जनमत पार्टीका मेयर पदका उम्मेदवार विरेन्द्र माझी विजयी भएका हुन् ।

जनमत पार्टी माइक चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको थियो । उनले २३९ मतान्तरले मधेश प्रदेशका समाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा शैलेश कुमार साहलाई पराजित गरेका हुन्। साह हनुमान कंकालिनी नगरपालिकाको निवर्तमान मेयरसमेत हुन ।

मेयरमा विजयी हुने माझीले ६ हजार ४०७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धामा तस्रो भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार राहुल कुमार मण्डलले ३ हजार ८७३ मत ल्याएका छन् । यो जनमत पार्टीले जितेको पहिलो स्थानीय तह हो ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा निवर्तमान मेयर साह तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित भएका थिए । पछि पार्टी एकता र विभाजन पश्चात मन्त्री साह पद जोगाउन छोरासहित कित्ता परिवर्तन गरी जसपामा लागेका थिए ।

यो नगरपालिकाको उपमेयरमा भने जसपाकै सरिता देवी यादव विजयी भएकी छन्। उनले ६ हजार ५१२ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्