चितवन । यसपटकको स्थानीय तह निर्वाचनमा देशभरी प्रमुख पदमा महिलाको उपस्थिती कमजोर हुँदा चितवनमा भने एक महिलाले स्वतन्त्र उम्मेदवारी दिएर वडा अध्यक्ष जितेकी छिन् । चितवनको राप्ती नगरपालिका– ७ मा सुमित्रा डल्लाकोटी स्वतन्त्र उम्मेदवारी दिएर ठूलो मतान्तरसहित विजयी भएकी हुन् ।
यसअघि एमालेबाट वडाअध्यक्षमा निर्वाचित उनी एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन् । गुलाफ चुनाव चिन्हमा उनलाई स्थानीयले ८ सय ९९ मत दिएर विजयी गराए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार छविलाल भुसाले ६ सय १ मत मात्र प्राप्त गरे । त्यस्तै, कांग्रेसका उम्मेदवार यमबहादुर गुरुङ्गले ५५९ मत प्राप्त गरे । यसअघि वडा अध्यक्षका रुपमा जनताको मन जित्ने गरी काम गरेकाले उनले वडावासीले पुन वडाअध्यक्ष बनाएका हुन् ।