Logo
Logo

गोरखाको सिरानचोकमा कांग्रेस विजयी


1.1k
Shares

गोरखा । गोरखाको सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हो । अध्यक्षमा ज्ञानेन्द्र गुरुङ र उपाध्यक्षमा रीता देवकोटा निर्वाचित भएका हुन् ।

गुरुङले ५ हजार ४०३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार नवराज पुडासैनीले ४ हजार १६८ मत पाएका छन् ।

यस्तै, उपाध्यक्षमा निर्वाचित देवकोटाले ४ हजार ८०४ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पूर्णकुमारी ढकालले ३ हजार ९०२ मत पाए । देवकोटा २०७४ सालको निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएका थिए ।

आठ वडा रहेको उक्त पालिकामा पाँच वडा कांग्रेस र तीन वटा माओवादी केन्द्रले जितेको छ । वडा नम्बर १, २, ३, ४ र ८ मा कांग्रेस र वडा नम्बर ५, ६ र ७ मा माओवादी केन्द्र विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्