Logo
Logo

नेशनल लाइफ इन्स्योरेन्स र एक–एक पाइला फाउण्डेशनबीच सम्झौता


1k
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स र एक–एक पाइला फाउण्डेशनबीच सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पतालस्थापना गरी सञ्चालन गर्ने सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एक–एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ सो अस्पतालको सञ्चालनमा आर्थिक सहयोग पु¥याउन तीन वर्ष अवधिका लागि कम्पनीले प्रत्येक वर्ष रु २० लाख आर्थिक सहयोग गर्ने जनाएको छ ।

समारोहमा डा सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकामा कम्पनीलाई धन्यवाद दिए । नेशनल लाइफको तर्फबाट खत्रीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणजस्ता क्षेत्रमा विगत वर्षदेखि नै आर्थिक सहयोग उपलब्ध गराउँदै आएको स्मरण गराउँदै सामूदायिक अस्पताल संचालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउन पाएकामा खुशी व्यक्त गरे ।

फाउण्डेशनले २०७२ सालदेखि नेपालको दुर्गम क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको गैरसरकारी संस्था हो । नेपाली स्वयंसेवकहरु कार्यरत फाउण्डेशनले स्थानीय सरकार र साझेदारहरुको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । कम्पनीको सहयोगवाट १५ सैयाको अस्पताल सञ्चालन गरिने र ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा दिइने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्