Logo
Logo

माछापुच्छ्रे बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट


378
Shares

काठमाडौं । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुटसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रालिका महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण पोखराको पहिलो केबुलकार भएकाले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पु¥याउँदै आइरहेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउँछन् । केबुलकार सुविधा पोखराको सेदीबगरबाट सारङकोटसम्म रहेको छ । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट-क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा मात्रै पाउँछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । यस प्रकारका सम्झौताले ग्राहकलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रर्वद्वनमा सघाउ पुगेको छ ।

बैंकले हाल देशका सातवटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्