Logo
Logo

टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, १९ बालबालिकाको मृत्यु


1.3k
Shares

काठमाडौं । अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा २० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १ शिक्षक र १९ जना विद्यार्थी छन् । १ जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् । १० वर्षसम्मका बालबालिका अध्ययन गर्ने विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणमा पिस्तोल र राइफल प्रयोग गरेको बताएका छन् । घटनामा संलग्न भएका व्यक्तिको पनि मृत्यु भएको छ । उनको कसरी मृत्यु भयो भन्ने बारेमा भने खुलेको छैन ।

ती आक्रमणकारीले घरमा हजुरआमाको हत्या गरेर स्कुलमा पुगेको विवरणहरू सार्वजनिक भएका थिए । विद्यालयमा ५ सय बढी बालबालिका रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीले बताएका छन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा ३ दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्