काठमाडौं । सरकारले पाँचजना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले पाँच सचिवको सरुवा गरेको हो ।
सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । नेपाल ट्रष्टमा कार्यरत गोपाल सिग्देललाई नेपाल ट्रष्टबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, खानेपानी मन्त्रालयमा कार्यरत सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
सचिव मणिराज गेलाललाई प्रधानमन्त्री कार्यालयबाट खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । सुशील तिवारीलाई सतर्कता केन्द्रबाट उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ ।