Logo
Logo

नबिल बैंक र चिकित्सक संघबीच बैंकिङ सेवा छुटसम्बन्धी सम्झौता


567
Shares

काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशैभरिका नबिल बैंकका शाखा सञ्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत कबिन्द्रप्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन् । नबिलले देशभर १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्