Logo
Logo

पत्रकार हौं भन्दै व्यापारीसँग सात करोड माग्ने युवतीसहित सात जना पक्राउ


13.4k
Shares


काठमाडौं । आफुहरु पत्रकार भएको भन्दै व्यापारीलाई ब्लाकमेल गरेर सात करोड रुपैयाँ माग्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालयले सुरज आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी, बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की छन् । उनीहरुमध्ये ६ जनाले आफुहरु पत्रकार भएको बताएका थिए भने एकले एड एजेन्सी चलाउँदै आएको खुलेको छ ।
उनीहरुले फोनमा तथा भेटेर धम्की दिई सात करोड रुपैयाँ मागेको उजुरीका आधारमा पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्