काठमाडौं । छात्रालाई विद्यालयमा लगाइएको प्रतिबन्ध विरुद्ध अफगानिस्तानमा प्रदर्शन भइरहेको छ ।
तालिबानले सरकार गठन गरेपछि छात्रालाई विद्यालयमा पठन पाठनमा प्रतिबन्ध लगाएपछि लामो समयदेखि प्रदर्शन जारी छ ।
छात्रालाई पठन पाठन गर्न दिनुपर्ने, महिलाका विभिन्न अधिकार कुण्ठित भएकाले त्यसको फुकुवा हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन भइरहेको हो ।
अधिकारकर्मीले महिलालाई खानासँगै काम र शिक्षा पनि दिनुपर्ने मागसहितको प्लेकार्ड प्रदर्शन गरेका छन् ।
पढ्न नपाउँदा अफगानिस्तानका लाखौँ बालिकाहरूको भविष्य अन्धकारमा परेकाले पढ्न पाउने व्यवस्था गर्न देश भित्रका तथा बाहिरका अधिकारकर्मीले निरन्तर माग गर्दै आएका छन् ।