काठमाडौं । फेसबुकको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीसहित २ जना पक्राउ परेका छन् ।
रौतहट दुर्गा भवानिपुर गाउँपालिका–४ निवासी प्रहरी जवान २७ वर्षीय कृष्ण कुमार यादव र सुनसरी धरान–३ निवासी ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
उनीहरूले सामाजिक सञ्जालमा युवतीलाई साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिर वाट्सएप फेसबुक लगायतमा पोष्ट गरेको उजुरी छ ।
त्यसपछि आफन्त र साथीभाइलाई पठाई पीडितलाई मानसिक तनाव, दुःख हैरानी, समाजमा बदनाम र बेईज्जत गराइ चरित्र हत्या गर्ने कार्यमा संलग्न प्रहरीले जनाएको छ ।