Logo
Logo

क्वार्टरबाटै पक्राउ परे नापीका कर्मचारी


16.1k
Shares


काठमाडौं । सेवाग्राहीसँग घुस लिने नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी पक्राउ परेका छन् ।


अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार बिहान १०ः३० बजे सिद्धार्थनगर नगरपालिका–५ को ३ नं. नापी टोली कार्यालयको सरकारी क्वार्टरबाट रायमाझीलाई नियन्त्रणमा लिएको हो ।
अमिन रायमाझीले सेवाग्राहीको जग्गाको हाल साविक मिलाइदिने नाममा ३० हजार रूपैयाँ घुस लिएको खुलेको छ । घुससहित उनी रंगेहात समाएिका हुन् ।

प्रतिक्रिया दिनुहोस्