Logo
Logo

अधिकृत छाडेर मेयरमा प्रतिस्पर्धा, मेयरमा हारेको एक सातामै फेरि अधिकृत


417.3k
Shares


काठमाडौं । ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा धेरै स्वतन्त्र उम्मेदवारहरुले चर्चा कमाए र केहीले विजय पनि हात पारे । त्यसरी चर्चा कमाउनेमध्ये एक कञ्चनराज गिरी हुन् । नेपाल बिद्युत् प्राधिकरणमा अधिकृत तहको जागिर छाडेर काभ्रेको बनेपा नगरपालिकाको मेयर पदमा उनले प्रतिस्पर्धा गरेका थिए । तर, निर्वाचनमा पराजित भएपछि कतिपयले हुँदाखाँदाको सरकारी जागिर छाडेर राजनीतिमा लागेको भन्दै आलोचना गरे ।


तर, मेयरमा हारेको एक सातामै उनी फेरि अधिकृत बनेका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)मा अधिकृत तहमा उनले नाम निकालेका छन् । गत वर्ष नै दिएको परीक्षामा पहिलो नम्बरमा नाम निकालेपछि उनी फेरि सरकारी अधिकृत भएका छन् । लोक सेवा आयोगले लिएको परीक्षामा उनी दोस्रो पटक सफल भएका हुन् ।
लोक सेवा परीक्षामा २२ पटकसम्म परीक्षा दिंदा पनि उनी हार नमानी प्रतिस्पर्धा गरेका थिए । पछिल्लो एक वर्षमा उनले दुई ठाउँमा अधिकृतमा नाम निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्