Logo
Logo

‘धर्मविरुद्ध होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ’


16.6k
Shares

काठमाडौं । नायिका मिरुना मगरले अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी छन् । ‘सही काम गर्न कहिल्यै समय गलत नहुने’ भन्दै उनले भनेकी छन्– ‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।’

यतिबेला नेपाली चलचित्रको ईतिहासमा बेग्लै छाप बसाउन सफल चलचित्र कबड्डीको सिरिज ‘कबड्डी-४’ नेपाल सहित विभिन्न अन्तर्राष्ट्रिय देशका हलहरुमा प्रदर्शन भइरहेको छ । अहिले यस फिल्मले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ ।

कबड्डी– ४ की नायिका मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङ दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । अहिले उनीहरुबीच मिलापत्र भएको छ ।

अन्यायविरुद्ध लड्न अहिले कठिन भएछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाले विश्वास व्यक्त गरेकी छन् । उनले लेखेकी छन्– ‘कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्