Logo
Logo

एक किलो सुन किन्न बोलाएर लैनचौरमा व्यापारीको ३५ लाख लुटियो


9.1k
Shares


काठमाडौं । काठमाडौंको लैनचौरमा सुन किनबेचको बहानामा ३५ लाख लुटपाट भएको खुलेको छ । गत ८ जेठमा भएको यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।


लैनचौर स्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समुहले व्यापारीको ३५ लाख रुपैयाँ लिएर भागेका हुन् । ३५ लाखमा एक किलो सुन दिने भन्दै प्रलोभनमा पारेर लुटिएको हो । एक किलो सुनको करिब ९० लाख रुपैयाँ पर्दछ । घटनाको विस्तृत अनुसन्धान भइरहेको काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । घटनाको ११ दिन हुँदा पनि लुटेरा पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्