Logo
Logo

गुजरातको एक रासायनिक कारखानामा आगलागी


567
Shares

काठमाडौं । भारतको गुजरातस्थित वडोदरामा रहेको एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ ।

बीबीसीका अनुसार विहीबार राति दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परी ७ जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा समस्या देखापरेको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार कारखानानजिक रहेका ७०० मानिसलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतर्फ पठाइएको छ । घटनास्थलमा आगो निभाउन तत्काल कैयौं दमकल पुगेका थिए । ठूलो विस्फोटपछि निस्किएको धुँवा टाढाटाढाबाट देखिन्थ्यो ।
आगलागनी नियन्त्रणको प्रयास जारी रहेको र अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको स्थानीय अधिकारीको भनाइ उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्