Logo
Logo

लक्ष्मी बैंकले ग्रीन बचत खाता पुनः सञ्चालन गर्दै


630
Shares

काठमाडौं । ५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई डिजिटल बैंकिङ माध्यम अपनाइ ग्रिन बैंकिङतर्फ प्रोत्साहन गर्नका लागि लक्ष्मी बैंकले विभिन्न अफरहरु पनि ल्याएको थियो । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताले मोबाइल मनीद्वारा कुनै पनि क्यूआर भुक्तानी गर्दा १० प्रतिशत (प्रतिव्यक्ति रु ५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । यति मात्र नभई सो दिन क्यूआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो ।

यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० प्वाइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज एक वर्षका लागि निःशुल्क नवीकरण गर्न सक्नेछन् । डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो (केवाइसी) र डिजिटल बैंकिङजस्ता सेवाहरु रहेको छ । साथै यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशत ब्याजदर मात्र नभई ग्रिन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’को प्रतिबताअनुरुप ‘गो ग्रिन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रिन सेभिङ खातावापत बैंकले एउटा रुख रोप्ने छ । यसका साथै ग्रिन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरणलगायत दिगो विकास लक्ष्यहरूअन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्