काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको १४ वर्ष पूरा भई १५ वर्ष लागेको अवसर पारेर दलित समुदायलाई सहयोग गरेको छ । कम्पनीले सिराहामा रहेका मुसहर समुदायका व्यक्तिहरूलाई भाँडाकुँडा सहयोग गरेको हो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका मैवाहीका अति सीमान्तकृत वर्गमा पर्ने मुसहर जातिको समुदायका मुखिया महेन्द्र सदायमार्फत २८ परिवारका लागि भाँडाकँुडा सहयोग गरेको जनाएको छ । त्यस्तै, सोही गाउँपालिकाका लतिया हिमधुवनीका मुसहर जातिको समुदायका मुखिया उत्तिमलाल सदायमार्फत २५ घर–परिवारका लागि भाँडाकुँडा हस्तान्तरण गरेको जनाइएको छ ।
०६५ जेठ २२ देखि सञ्चालनमा आएको यस कम्पनीले जीवन बिमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापित गरेको जनाएको छ । सबल सुरुवात सँगसँगै सबल संरचनायुक्त व्यावसायिक स्वरूप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बिमा कम्पनी भएको कम्पनीले जनाएको छ ।
बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्रार्थमिकता दिंदै आइरहेको प्राइम लाइफले प्रत्येक वर्षजसो नवीनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकामा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजनाअन्तर्गत बीमा गर्न सक्नेछन् । कम्पनीको चूक्ता पूँजी २७८ करोड, जीवन बीमा कोष १७६३ करोड, कूल बीमाशुल्क २६०४ करोड, कूल बीमालेख संख्या १,७५९,३४४ र लगानी १८.३४ करोड रहेको छ ।