Logo
Logo

आइजिपीको चेतावनीपछि क्यासिनोमा छापा


18.1k
Shares

काठमाडौं । नेपालगञ्जका मिनि क्यासिनोमा प्रहरी–प्रशासनको मिलेमतोमा नेपालीलाई जुवा खेलाउने गरिएको पुष्टि भएको छ । यससम्बन्धि समाचार आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा आइतबार राती छापा हान्दा क्यासिनोभित्र सात नेपाली भेटिएका छन् ।

होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इगेमिङबाट प्रहरीले सात जनालाई पक्राउ गरेको हो । स्थानीय मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, बिक्रम क्षेत्री, आकाश सिंह तथा मोहित शाहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु नियमित जुवाडे हुन् । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भएपनि प्रहरी सेटिङमा जुवा खेलाउने गरिएको छ ।

नेपालगञ्जमा मात्र सात मिनि क्यासिनो छन् । त्यहाँ हुने अवैध धन्दा र प्रहरी कनेक्सनबारे दृष्टि साप्ताहिकले गत साता खुलासा गरेको थियो । त्यसपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बाँकेका एसपी श्यामकृष्ण अधिकारीलाई कारबाहीको चेतावनी दिएका थिए । चेतावनीपनि अधिकारीले छापा हानेर नेपाली पक्राउ गरेका हुन् ।

यस्तो थियो दृष्टिको समाचारः

प्रतिक्रिया दिनुहोस्