Logo
Logo

दुई एआइजीको सरुवा, पाँच एआइजीको पदस्थापन


199.8k
Shares


काठमाडौैं । सरकारले नेपाल प्रहरीका पाँच एआइजीको बढुवासँगै सोमबार पदस्थापन गरेको छ । साथै दुई एआइजीको सरुवा पनि गरेको छ ।


एआइजी रबिन्द्र बहादुर धानकुलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ । त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । पोखरेल बिदा बसेर आइजिपी धिरजप्रताप सिंहविरुद्ध मुद्दा लडिरहेका छन् ।


त्यस्तै, उत्तमराज सुवेदीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा, अरुण कुमार विसीको प्रशासन विभाग, मुकुन्द आचार्यको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, पूजा सिंहकोमानव स्रोत विकास विभाग र दिवेश लोहनीको अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ । सिनियर एआइजी सहकुल थापालाई कार्य विभागमै राखिएको छ ।


एआइजी बढुवासँगै प्रहरी प्रधान कार्यालयले डिआइजीमा बढुवा तयारी थालेको छ । डिआइजीका १७ पद रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्