Logo
Logo

युनाइटेड इन्स्योरेन्सको २८औँ साधारणसभा सम्पन्न


630
Shares

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिको २८औं वार्षिक साधारणसभा २०७९ जेठ २३ गते काठमाडौँमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।

कम्पनीे गत आव २०७६÷७७ को तुलनामा यस आव २०७७/७८ मा बीमाशुल्कवापत रु एक अर्ब १० करोड ३३ लाख २ हजार ७६९ आर्जन गर्न सफल भएको छ । यो ५८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी गत आव २०७६/७७ को तुलनामा यस आव २०७७/७८ मा कम्पनीको नाफामा ५०० प्रतिशतभन्दा बढीले वृद्धि भई रु १० अर्ब ५२ करोड ९८ हजार ८८७ पुगेको छ ।

साथै आव २०७७/७८ को तेस्रो त्रैमासिक अवधिसम्मको तुलनामा आव २०७८/७९ को सोही अवधिसम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन ३८ प्रतिशतभन्दा बढीले वृद्धि भई रु एक अर्ब २५ करोड ५१ लख १८ हजार ७० पुगेको छ । त्यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशतभन्दा बढीले वृद्धि भएको तथा प्रतिशेयर आयमा ९८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक एमजिएस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह (क) तर्फबाट प्रतिनिधित्व गर्ने ४ संचालकको र सर्वसाधारण शेयरधनी समुह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ संचालकको चयन गरिएको छ ।

कम्पनीको चुक्ता पूँजी रु २ अर्ब ५० करोड पु¥याउन कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न तथा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि र अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्