काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहक महानुभावलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत २०७९ साल जेठ २१ गते अनलाइन वेभिनार सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ ।
कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जालमार्फत बैंकिङ कारोबार गर्ने, अन्तर बैंकिङ रकम ट्रान्सफर गर्नेजस्ता विभिन्न बैंकिङ कारोबार कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।
बैंकले वित्तीय साक्षरताअन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको र आगामी दिनमा पनि थप प्रभावकारी रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने बताएको छ ।