Logo
Logo

लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच छुट सम्झौता


630
Shares

काठमाडौं । लुम्बिनी विकास बैंकले पोखरास्थित अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहक महानुभावलाई केबुलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौताअनुसार लुम्बिनी विकास बैंकका ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी अन्नपूर्ण केबुलकारको टिकट लिएवापत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ ।

पोखराको सेदीदेखि सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ । बैंकले देशका सातवटै प्रदेशमा ८६ वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्