Logo
Logo

‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग


504
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बिन हस्तान्तरण गरेको हो । धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका–२ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नं १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठलगायतको सहभागिता थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचत मेयर राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद दिए ।

मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य र वित्तिय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने बताए । मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्बिनहरु भानुचोक वरपर राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्