काठमाडौं । एआइजी विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ । एआइजी पोखरेलले आज १० दिनको घर बिदा माग्दै निवेदन दिएका थिए ।
उनको बिदा अस्वीकृत भएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । सरकारले आइजीमा धीरज प्रताप सिंहलाई बढुवा गरेपछि एआइजी घरबिदामा बसेका थिए । उनको बिदा आजबाट सकिएको थियो ।
कनिष्ठलाई आइजी बनाएको भन्दै अदालतमा पोखेलले निवेदन दिएका थिए ।