काठमाडौं । गत सोमबार बढुवा भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा एआइजीले बुधबार दज्र्यान्ही चिन्ह लगाए । दुई प्रहरीमा नियमित बढुवा हुँदा प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग ९राअवि०मा भने अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआइजी)को पद डेढ महिनादेखि रिक्त हुन पुगेको छ । गत ९ बैशाखमै राअविमा एआइजीको पद रिक्त भएपनि अझसम्म बढुवाको निर्णय हुन सकेको छैन । बढुवा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण सरकारले बढुवा गर्न नसकेको स्रोत बताउँछ । जसले विभागको तल्लो तहसम्मको बढुवा प्रभावीत बनेको छ ।
राअविमा एआइजीको एक मात्र पद रिक्त छ । एआइजी यादब रेग्मीले ९ बैशाखमा नै अवकाश पाएका थिए । रिक्त पदमा अनुसन्धान निर्देशकहरु हुतराज थापा, ओम जोशी, टेकेन्द्र कार्की, हरिहर शर्मा पौडेल, सुनिल ढकाल, कुलदेव थापा र सुमन बैद्यबीच प्रतिस्पर्धा छ । जुनियर डिआइजीहरुलेको दबाबले बढुवा अनिश्चित बनेको स्रोत बताउँछ । यसले समग्र विभागमकै दर्जनौं अधिकृतको करिअरमा असर परेको र समयमा वृत्ति विकास नहुँदा गुप्तचरी संयन्त्रमा ठूला असर पर्ने विभागका अधिकारीहरु बताउँछन् । प्रधानमन्त्रीकै मातहत रहेको विभागमा यस्तो अन्योलता हुँदा संगठन नै कमजोर बनेको छ ।