Logo
Logo

डिआइजी बढुवाको दौडधुपमा रहेका एसएसपीहरू प्रदेशमा खटिए


388k
Shares


काठमाडौं । नेपाल प्रहरीमा डिआइजीको १७ दरबन्दी रिक्त छन् । रिक्त पदमा बढुवाका प्रमुख दाबेदारहरुलाई प्रहरी प्रधान कार्यालयले प्रदेशमा अनुगमनका लागि खटाएको छ ।


निर्वाचनको समयमा विनियोजित बजेट ऐन–कानुनअनुसार खर्च भएको नभएको बुझ्न आठ एसएसपीलाई खटाइएको छ । प्रदेश नम्बर १ मा सन्दीप भण्डारी, मधेसमा टेकप्रसाद राई, बागमतीमा श्यामलाल ज्ञवाली, गण्डकीमा भरत बोहरा, लुम्बिनीमा बुद्धीराज गुरुङ, कर्णालीमा चन्द्रकुबेर खापुङ र सुदुरपश्चिममा रामदत्त जोशीलाई खटाइएको छ । त्यस्तै, उपत्यकाको तीन जिल्लामा एसएसपी दीपक थापा खटिएका छन् । उनीहरुलाई १ असारसम्म अनुगमन प्रतिवेदन पेश गर्ने गरी खटाइएको छ । केही एसएसपीहरु बढुवाका लागि अत्याधिक चलखेलमा लागेकाले पनि अनुगमनका खटाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । प्रहरीमा डिआइजीको बढुवा तत्काल हुने सम्भावना देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्