काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याज लिएर नागरिक ठग्ने रामदेव तेलीलाई पक्रान गर्न निर्देशन दिएका छन् ।
सप्तरी मिटरब्याजी रामदेव तेलीले अत्याधिक ब्याज लिएर नागरिकलाई ठगेको समाचार आएपछि प्रधानमन्त्री देउवाले पक्राउ गरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुरुमै जग्गा पास गरे ऋण दिने र ऋणको चारगुणा चुक्ता गर्दा पनि उनले जग्गा फिर्ता नगरेको पीडितहरुले बताएका छन् ।
नयाँ पत्रिका दैनिक सञ्चारमाध्यममा मिटरब्याजीको ठगीको समाचार आएपछि संसद्मा सांसदले उनलाई पक्राउ गर्न सरकारसँग माग गरेका थिए । मिटरब्याजी तेलीका छोरालाई भने सप्तरी प्रहरीले पक्राउ गरिसकेको छ ।