काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि जापानका राजदूत एचई किकुता यूताकाबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक शनिबार भेटवार्ता भएको छ ।
भेटवार्तामा सशस्त्र प्रहरी बल नेपालले दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको, एक अर्कामा सहकार्य गर्दै काम गरेको तथा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराईएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
त्यसैगरी नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय सुरक्षा निकायको रुपमा रहनुकोसाथै विपद् व्यवस्थापनमा अहम भूमिका रहेको तथा जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनहरुको बारेमा छलफल भएको छ । जापानी राजदूतको तर्फबाट नेपाल र जापानबीचको सम्बन्ध, नेपाललाई सधै सहयोग गर्न तयार रहेको तथा सशस्त्र प्रहरी बल नेपाको कार्यादेश तथा परिचालन र विपद् व्यवस्थापनमा जापान र नेपालको अवस्था तथा सहकार्यको सम्भावनाबारेमा समेत कुराकानी भएको थियो ।
उक्त भेटवार्ता कार्यक्रममा जापानी राजदूतावासका केन्जी योसमुरा र डा. शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायव महानिरक्षिक बिदुर खड्काको समेत सहभागीता रहेको थियो ।