काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । शनिबार राति घरेलु टोली कुवेतसँग ४– १ गोलले पराजित भएको हो ।
जाबिर अल अहमद स्टेडियममा कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गोल गरे । त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गोल गरे । कुवेतका इस्सा अलिले ४८औं मिनेटमा घरेलु टिमको अग्रता दोब्बर पारेका थिए ।
यस्तै, युसिफ अलसुलाइमनले खेलको ७०औैं मिनेटमा गोल गर्दै कुवेतको अग्रतलाई ३–० मा पुर्याएका थिए । त्यसको तीन मिनेट नबित्दै मोबारक अल्फानिनेले कुवेतका लागि चौथो गोल गरेका थिए ।
नेपालका दर्शन गुरुङले खेलको इन्जुरी समयमा सान्त्वना गोल फर्काए ।