Logo
Logo

रेमिट्यान्स सचेतनाका लागि आइएमईको प्रभातफेरी


252
Shares

काठमाडौं । रेमिट्यान्स सेवाप्रदायक आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरु भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।

कम्पनीले २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिट्यान्स सचेतना जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरको जनाइएको छ । प्रभातफेरीको नेतृत्व आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले गरेका थिए । प्रभातफेरी कार्यक्रममा रेमिट्यान्स सचेतनासम्बन्धी नाराअंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीको सहभागिता रहेको जनाइएको छ ।

आइएमईले नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी दुई सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ ।

विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो–छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्