Logo
Logo

जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न


189
Shares

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अमृतभोग, कालिकास्थान, काठमाडौंमा भएको सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयाल द्वारा पेश भएको आर्थिक बर्ष २०७७/७८ को वार्षीक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ ।

त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्षसहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भएको छ ।

साथै उक्त साधारण सभाको सुअवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जीआइसी नेपाल नामक एप संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्