Logo
Logo

ओखलढुंगामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु


378
Shares

प्रतिकात्मक तस्वीर

काठमाडौं । जंगलबाट ल्याएको च्याउ खाँदा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा मंगलबार राति २ जनाको मृत्यु भएको छ ।

अन्य २ जना गम्भीर छन् । उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ । सँगै खाना खाएका ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछानेको मृत्यु भएको हो ।

मृतक र घाइते सबै एकै घरका हुन् । ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्