काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्टान्डरको फ्ल्यागशिप शोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५-तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको जनाएको हो ।
![](https://i0.wp.com/www.drishtinews.com/wp-content/uploads/2022/06/11.jpg?fit=1000%2C500&ssl=1)
कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मीनबहादुर कुँवर र विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल उपस्थिति थियो ।
सोरुम उद्घाटनमा बोल्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक बिजुक्छेंले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न शोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ ।’
![](https://www.drishtinews.com/wp-content/uploads/2022/06/7-768x384.jpg)
नयाँ शोरुम खोलिएको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त शोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत बिजुक्छेंका अनुसार यो शोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्भिसिङ पाउनेछन् ।
पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकाले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छ । जसले यसलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् ।
![](https://i0.wp.com/www.drishtinews.com/wp-content/uploads/2022/06/9.jpg?fit=1000%2C500&ssl=1)