रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
यस पृथ्वीमा हजारौँ लाखौँ वर्षअघि जति स्वच्छ पिउन योग्य पानीको भण्डार थियो, अहिले पनि त्यत्ति नै पानी छ । तर, जनसंख्या विस्फोटकरुपमा बढेको छ, यसले गर्दा उपलब्ध जलस्रोत संकटमा परेका छन् ।
हाम्रो मुलुक नेपाल हिमालय पर्वत, नदीनाला, तालतलैया र पर्याप्त मनसुन वर्षा हुने देश भएकोले पर्याप्त स्वच्छ जल भएको मुलुकमा दरिन्छ । तापनि, मानवीय अव्यवस्थाका कारण पर्याप्त जल उपभोगका लागि हामी बञ्चित छौँ । अहिले जारी मनसुनको वर्षाको कारणले नेपाल र भारतका लाखौँ जनताले ठूलो क्षति व्यहोर्नुप¥यो । यही मनसुनी वर्षालाई संचित गर्न सकेमा विनाश होइन बरदान सिद्ध हुनेछ ।
लगभग सत्तरी प्रतिशत पानीले ढाकेको यस पृथ्वीमा मात्र अढाई प्रतिशत मात्र स्वच्छ जल छ । बाँकी प्रयोग गर्न नमिल्ने समुद्री जलको रुपमा छ । त्यो २.५ प्रतिशत स्वच्छ जलमध्ये पनि ०.००७ प्रतिशत मात्र विश्वका लगभग सात अर्ब जनसंख्याको लागि उपलब्ध छ । बाँकी ग्लेशियर र हिमनदीका रुपमा बगिरहेका छन् ।
हालै मात्र भारतको चेन्नई शहरमा उत्पन्न गम्भीर जल संकटले गर्दा त्यहाँका अफिस, स्कूल, रेष्टुरेन्टहरु बन्द भएका थिए । जनताको जीवन बचाउनाका निमित्त भारतीय रेलले धेरै टाढाबाट पानी चेन्नई ल्याएको थियो । अहिलेसम्म वैज्ञानिकहरुले पानीको विकल्प दिन सकेका छैनन् । भविष्यवेत्ताहरुले भन्ने गरेका छन्– अबको युद्ध तेलको लागि नभएर स्वच्छ जलको लागि हुनेछ ।
हाम्रो मुलुक नेपाल हिमालय पर्वत, नदीनाला, तालतलैया र पर्याप्त मनसुन वर्षा हुने देश भएकोले पर्याप्त स्वच्छ जल भएको मुलुकमा दरिन्छ । तापनि, मानवीय अव्यवस्थाका कारण पर्याप्त जल उपभोगका लागि हामी बञ्चित छौँ । अहिले जारी मनसुनको वर्षाको कारणले नेपाल र भारतका लाखौँ जनताले ठूलो क्षति व्यहोर्नुप¥यो । यही मनसुनी वर्षालाई संचित गर्न सकेमा विनाश होइन बरदान सिद्ध हुनेछ ।
हामीले अहिलेदेखि नै आफ्नो स्वच्छ जलको स्रोतको सुरक्षाको लागि पाइला चालेनौँ भने भोलिका दिनमा ठूलो जलसंकट आइपर्नेछ । स्वच्छ जलका स्रोतहरुको संरक्षण र मनसुनी जलको पुनःप्रयोगका निम्ति प्रविधि र स्रोतसम्पन्न हाम्रा दुई ठूला छिमेकी भारत र चीनका सरकारसँग मानव जातिका हितका निमित्त नेपालले अग्रसरता लिनुपर्दछ । प्रकृतिले देशका सीमा चिन्दैन । विनाश आउनुभन्दा पहिल्यै नै सावधान हुन आवश्यक छ । कोशी ब्यारेज बनेको साठी वर्ष नाघिसक्यो । भोलि त्यो भत्क्यो भने के हुन्छ ? भारतले नेपाल–भारत सीमामा टाँसेरै बाँध र राजमार्गहरुको निर्माण गरेकाले नेपालको ठूलो क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
सीमा क्षेत्रमा हुने डुबानको व्यवस्थापन गर्न नेपाल–भारतबीच बेलाबेलामा बैठक हुन्छन् । विनानिष्कर्ष बैठक सकिन्छ । जसले गर्दा नेपालको तराई क्षेत्रका जनता मात्र होइन, भारतका बिहार, उत्तर प्रदेश राज्यका जनताले पनि अनाहकमा ज्यान गुमाउनु परेको छ । डुबान समस्या नेपालको मात्र नभई भारतको पनि भएकोले यसमा भारतीय पक्ष बढी गम्भीर हुनु जरुरी छ ।
रौतहटमा त बाढीले भारतले बनाएको बाँध नै भत्काइदियो । भारतीय बाँधका कारण रौतहट आठ दश फिट डुबानमा परेको थियो । यसको समाधान भनेको नेपाल–भारत–चीन तीनै देश मिलेर आफ्ना देशका जनताका हितका साथै समग्र मानव जातिका हितका निम्ति अमूल्य, दुर्लभ स्वच्छ जलका स्रोतहरुको संरक्षण, वर्षात्को पानीको उचित व्यवस्थापन गरी प्रयोगयोग्य बनाउन तत्काल कदम उठाउनु पर्दछ । पृथ्वीमा जति उपलब्ध स्वच्छ जलको भण्डार छ त्यसलाई बढाउन सकिँदैन । त्यसलाई मानव हितका लागि उचित व्यवस्थापन गर्नै पर्दछ ।